info@travelhimalayan.com
Phone: +977 14700302
WhatsApp/Viber: +977 9841459861
USA Phone: +1 562 921 8173

Nepal Tour Agency

कैलाश मानसरोवर यात्रा

Charan Sparsh Kailash Tour

हिन्दू र बोद्ध धर्म्मा वलम्भी हरुको पवित्र तिर्थ स्थल कैलाश पर्वत र मन्सरोवर ताल पश्चिम तिब्बत को हिमालय पर्वत माला मा अवस्थित छ। हिन्धु धर्ममा कैलाश र मान्सरोवर भगवान शिव को बसस्थानको रुपमा पारीचित एकदमै अदभुत आध्यात्मिक स्थल हो।


देवका पनि देव आराध्य देव महादेव र माता पार्वतीको बासस्थान नै कैलाश पर्वत, विष्णु पुराणमा व्याख्या गरे अनुसार यस पर्वतका चार मुखहरू स्पटिक, रुबी, निलम र स्वर्ण श्रृंगारको प्रतिकको रूपमा सुस्वभित मुद्रामा रहेको छ । ६ वटा पर्वत हिमश्रृंखलाहरूको बीचमा अवस्थित रहेको यस पवित्र पर्वतलाई कमलको फूलको प्रतिक पनि मानिन्छ ।


यस पवित्र भुमीमा सदियौ काल देखी हाम्रा ॠषिमुनी, गुरु देवता लगायत कयौ बिद्द्वानहरु ले तपस्या गरी अलउकिक शक्ती र मोक्ष्य प्राप्त गरका छन भनी प्रसिद्ध धार्मिक ग्रन्थ हरु महाभारत, रामायाण र बिष्णु पुरान जस्ता ग्रन्थहरुमा उल्लेख गरेएको छ।


रामायाण महा काब्ब्यको उत्तराकान्ड खन्डमा लङ्क्काका राजा रवणले समुन्द्रमा (जुन आहिले रक्षाछ ताल को नाम ले प्रख्यात छ) कठोर तपस्या गरी भगवान शिवलाई खुशी पार्दै बर्दान प्राप्त गरेपछी भगवान शिव को प्रतिकारको रुपमा कैलाश पर्वत लाई उखल्ने कोशीस गरे भन्ने कुरा पाईन्छ र भगवान शिव को एस सन्स्करन लाई रवणाअनुग्रह पनि भनियको छ।


कैलाश पर्वत र मानसरोवर ताल एसियाकै सबै भन्दा शक्तिसाली हिमालय पर्वत् माला र प्रसिद्ध नदी हरु सिन्धु, सतलज, ब्रम्हपुत्र र कर्णाली को उद्गगम स्थल हो र यही नदीहरुले एसिया प्रायदिपमा मनव सागर को बिकासमा ठुलो भूमिका निर्वह गरेका छन जुन भगवान को शक्तीको प्रतिक मानिन्छन। जहाँबाट निस्किएको भगिरथ गंगा कैलाश पर्वतको (चरण स्पर्श) धर्तीमा जल प्रवाह हुँदै, मानव सृष्टि र सभ्यताको शुरुवात गर्दछ र कैलाश पर्वत श्रृंखलाबाट निस्कने ४ नदी प्रवाह सिन्धु, सतलज, ब्रम्हपुत्र र कर्णाली नदीले विश्व जगतलाई ४ भागमा विभाजन गरेको छ


समुद्र सतहदेखि २१७७८ फिटको उचाई र ५२ कि.मी. परिधिमा फैलिएको यस कैलाश पर्वत आकाश र धर्ती बीचको सम्बन्धको विन्दु रहेको मान्यता छ । कैलाश मानसरोवर क्षेत्र विश्व आध्यात्मिक जगतको केन्द्र, जहाँबाट ओमकार ध्वनि प्रादुर्भाव भई विश्व आध्यात्मिक जगतलाई निर्देशित गर्दछ । कैलाश मानसरोवरमा प्रकाश तरड्डको र ध्वनि तरड्डको संगम भई जहाँबाट ॐकारको प्रति ध्वनि श्रवण गर्न सकिन्छ । पौराणिक कथा अनुसार यस महारातीको पवित्र क्षेत्रलाई धनका मालिक कुबेरका नगरी रहेको मानिन्छ ।।


हिन्दु धर्म अनुसार यस कैलाश पर्वतलाई एक पूरक प्रदिक्षणा (परिक्रमा) गर्दा जीवनको एक चक्र बराबरी, १२ पटक प्रदिक्षणा गर्दा पछिल्लो जन्म सहितको पाप समेत नाश हुने र १०८ पटक प्रदिक्षणा गर्दा मानव जीवनबाट नै मोक्ष (निर्भाण) प्राप्त भई भगवात लिन वा भगवत्व प्राप्त हुनेछ भन्ने पौराणिक मान्यता रहेको छ । पौराणिक कथन अनुसार देवगण, ऋषि गण, राक्षस गण, रावण, भस्मासुर, अन्धकासुर आदिले यही कैलाश मानसरोवरमा तपस्या गरी वरदान प्राप्त गरेका थिए । कैलाश पर्वत हिन्दु धर्मावलम्बीहरूको पवित्र धार्मिक स्थल मात्र नभई बौद्ध, जैन र सिख धर्मावलम्बीहरूको पनि पवित्र तपोभुमि रहँदै आएको छ ।


बौद्ध धर्मावलम्बीहरू खाङरिन्पोछे र जैन धर्मावलम्बीहरू मेरु पर्वतका नामले पुकार्ने गर्दछन् जैन धर्मका पहिला तिर्थकर र सिख धर्मका गुरु नानकले पनि भूमिबाट कठिन तपस्या गरी मोक्ष प्राप्त गरेका थिए । यसरी हेर्दा कैलाश पर्वत आध्यात्मिक दृष्टिले बहुधार्मिक पवित्र देवः तपोभूमि रहँदै आएको छ । भ्रमणमा निस्कने विश्वका हजारौं यात्रीहरू धार्मिक आस्थाले हो या जिज्ञासाले अत्यन्तै अभिरुचीका साथ लिने भएकोले यो यात्रा महत्वपूर्ण र प्रसिद्ध रहीआएको छ । विशेष ॐ ओमकार परिवारका सदस्यहरूले विशेष अभिरुचिका साथ कैलाश मानसरोवरको यात्रा गर्ने गर्दछन् । 


कैलाश यात्रा हिमालअयन ग्लोरी सँग नै किन ?

किनकी २०सौ बर्षको अनुभवी समुह द्वारा यात्रा गराइने भयकोले सुरछित यात्रा को लागि
यात्राा, खाना र होटेल को राम्रो सुबिधा र उचित मुल्य मा यात्राा गराउने भयकोले
ज्यक्केट, झोला र यात्राा झोला, लौरो र आवश्यक आकाशमिक औषधी, ओक्सिजन र मास्क को ब्यबस्था भयकोले



महिना प्रस्थान मितिहरु २०८१
बैशाख बैशाख १९ देखी२८ सम्म बूकिङ गर्नुहोस्
जेष्ठ जेष्ठ १७ देखी २६ सम्म बूकिङ गर्नुहोस्
आसार आसार १६ देखी २५ सम्म बूकिङ गर्नुहोस्
स्रावण स्रावण १० देखी १९ सम्म बूकिङ गर्नुहोस्
भाद भाद्र १३ देखी २२ सम्म बूकिङ गर्नुहोस्

कैलाश यात्राको खर्च प्रती ब्यक्ती रु १६५०००

दैनिक यात्रा विवरण

पहिलो दिन: काठमाण्डौ देखि स्याबु्रबेशी हुँदै टिमुरे सम्म १६५ कि।मी ७ घण्टाको बस यात्रा।

दोस्रो दिन: टिमुरे देखि केरुङ सम्मको यात्रा २७ कि।मी। २७००मी। ३घण्टा

तेस्रो दिन: केरुङ देखि साँगा सम्मको यात्रा १६०कि।मी।४५००मी।४ घण्टा

चौथो दिन: साँगा देखि मानसरोवर सम्मको यात्रा ४६६कि।मी।४५००मी ८घण्टा

पाच्औ दिन: मानसरोवरमा धार्मिक अनुष्ठान सम्पन्न पछि दार्चेन सम्मको यात्रा ३० कि।मी ४७०० मि.

छैटउ दिन: दार्चेन देखि पैदल यात्रा अथवा यमद्वार सम्म बस को यात्रा र यमद्वर बाट घोडा अथवा पैदाल देरापुक सम्मको यात्रा १२कि।मी।४९००मी।६घण्टा

सतौ दिन: देरापुक देखि जुथुलपुक् सम्मको पैदल अथवा घोडा यात्रा २२ कि।मी। ४७९०मी। ८-१० घण्टा

आठौ दिन: जुथुलपुक् देखि साँगा सम्मको यात्रा ४७९ कि।मी। ४५००मी 2 घण्टा पैदाल यात्राा र ८ घण्टा बस यात्राा

नवउ दिन: साँगा देखि केरुङ सम्मको बस यात्रा १६९ कि।मी।२७०० मी।४ घण्टा

दशौ दिन: केरुङ देखि काठमाडौं सम्मको यात्रा १८९ किमी ७ घण्टा यात्रा समप्ती।


समाबेसी खर्चहरु

  • यात्रा को लागि आवश्यक भिसा, पिर्मिट र अन्न्य आवश्यक अनुमती पत्रहरु, स्थानीय कर र भन्सार ढुवानी
  • आरामदाई बस याततात, राम्रो होटेल र गेस्टहाउस को ब्यबस्था
  • मेडिकल सम्बन्धि लामो अनुभव भएका अनुभवी नेपाली गाईड, कूक, हेल्फर र टिब्बतेन गाईड को ब्यबस्था
  • यात्रा को लागि कम्पनिको तर्फबाट सामान रा ख ने ब्याग, पिठ्यु ब्याग, डाउन ज्यकेट र आवश्यक साधारण औषधी ब्यवस्था
  • प्राथमिक उपचारका लागि आवश्यक औषधीहरू, अक्सिजन सिलिण्डर, मास्क, अक्सी मिटर आदिबाट हरेक दिन स्वास्थ जाच गरिने ब्यबस्था
  • शाहाकारी भोजन दैनीक 3 पटक ( चिया, कफि, हट चक्लेट, फलफुल र मिनेरल वाटर शाहीत)

समावेश नगरिएका सुविधाहरु

  • व्यक्तिगत खर्च, घोडामा लाग्ने खर्च, कुल्लीमा लाग्ने खर्च, पेय पदार्थ (जुस ,कोल्ड ड्रिङ्क हरु आदि)
  • यात्रा विमा (ट्राभल ईन्सुरेन्स यात्रि आफैले गर्नु पर्ने छ), आपतकालिन उद्धार अतिरिक्त खर्च, औषधी उपचार
  • यात्रा सहयोगी हरु को लागि स्टिप्स
  • यात्राको कार्यक्रम बाहेक व्यक्तिगत यात्रा फिर्ती भएमा लाग्ने अतिरिक्त खर्चहरु ( भिषा रद्द शुल्क १६५ युयान, गाडी )
  • प्रकृतिक बिपत्ती - बाढी- पहिरो , भुकम्प ,राजनैतीक आन्दोलन- बन्द ,हड्ताल सरकारको आकाशमिक नयाँ नियम आदी बाट यात्रामा बाधा भई हुन आउने आतिरिक्त खर्चहरु
  • मूल्य अभिबृदि कर (१३%)

Trip Facts

  • Trip Code : HGTT-KY 15
  • Trip Duration : 10 Days
  • Trip Grade : Adventurous
  • Group Size : 9 (Min.) - 17+

You May Also Like

Himalayan Glory Travels and Tours Thamel, Kathmandu, Nepal

  • Call Us +977 14700302, 4701768

Our USA Office

  • Call Us: +1 562 921 8173

    India Office
  • Nature Tour India
  • WhatsApp: +91 9818505007
Associated with Following Company

Associated

Payment We accepts

Payment

Website Design by: Web Design in Nepal